आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्तर क्लब पुरुष टी–२० क्रिकेट मंगलबारदेखि

अन्तर क्लब पुरुष टी–२० क्रिकेट मंगलबारदेखि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८१, आइतबार

पोखरा/पोखरामा मंगलबारदेखि दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबार फागुन २० गतेदेखि शुरु हुने प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिता इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा हुने पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन पुनले जानकारी दिए ।
प्रतियोगितामा पोखराका विभिन्न ९ वटा क्लब सहभागि हुने पुनले बताए । उनका अनुसार प्रतियोगितामा माछापुच्छे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब, राईजिङ क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, गण्डकी स्पोर्टस् क्लब र अरण्यज्योती क्रिकेट क्लब सामेल हुँदैछन् ।
प्रतियोगितामा सहभागि टिमलाई ३ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिष्पर्धा गराईने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा सहभागि सबै क्लबले कम्तिमा दुई÷दुई खेल खेल्ने पाउने छन् । लिग चरणमा शीर्षस्थान हासिल गर्ने हरेक समुहबाट एक क्लब सेमिफाइनलमा प्रवेश गर्ने अध्यक्ष पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->