आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मादीमा गण्डकी प्रदेश वडास्तरीय भलिबल हुने

मादीमा गण्डकी प्रदेश वडास्तरीय भलिबल हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८१, सोमबार

पोखरा/मादी गाउँपालिकाले दोस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पालिकाले आफ्नो स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
फागुन २७ गतेबाट सञ्चालन हुने प्रतियोगिताबारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पालिका अध्यक्ष देविजंग गुरुङले ग्रास रुटबाट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार पालिकाले आफ्नो स्थापना दिवस र भलिबल प्रतियोगिता फरक मितिमा गरेपनि एकै खर्चमा हुने गरी स्थापना दिवसमै आयोजना गरेको सुनाए ।
फागुन २७ देखी २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशभित्रका जुनसुकै वडाले पनि सहभागिता जनाउन पाउनेछन् । खेलाडी वडाभित्रकै हुनुपर्नेछ । वडाभित्रका सबै राष्ट्रिय खेलाडी भएपनि सहभागि हुन पाउनेछन् । मादीमा १२ वडा रहेका छन् । मादी पर्यटकीय क्षेत्र रहेकाले भलिबलले आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्नेमा आशावादी रहेको उनले सुनाए ।
प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलमा हार व्यहोर्ने दुई टिमले समान ५०÷५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई उत्प्रेरणा जगाई गुणस्तर शिक्षा प्रदान गर्ने उदेश्यका साथ हाजिरीजवाफ प्रतियोगिताको समेत आयोजना गरिनेछ । उक्त प्रतियोगिताको प्रथम हुने टिमले २० हजार, दोस्रो हुनेले १५ तथा तेस्रो हुने टिमले दश हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता याङ्जाकोटमा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->