बागलुङ/बागलुङ जेसीजले आयोजना गरेको तेस्रो संस्करणको ‘जेसिज कप’ फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा श्रीमेयर गण घोडावाँधे र आदर्श बिद्या मन्दिर पर्पल हेज बिजयी भएका छन् ।
खेल संचालनको दोस्रो दिनको पहिलो खेलमा रुद्रे पिपल युवा क्लवलाई पराजित गर्दै श्रीमेयर गण र दोस्रो खेलमा बागलुङ युनिटी क्वलाई पराजित गर्दै आदर्श बिद्या मन्दिर पर्पल हेज बिजयी भएका हुन् ।

बिभागिय टिम आर्मीको श्रीमेहर गणले रुद्रे पिपललाई ०–७ गोलले पराजित गरेको थियो भने आदर्श बिद्या मन्दिर पर्पल हेजले बागलुङ युनिटी क्लवलाई १ का बिरुद्ध ४ गोलले पराजित गरेको थियो । पहिलो खेलको शुभारम्भ बागलुङ नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष जयबहादुर केसी र दोस्रो खेलको शुभारम्भ बैँकर्स बागलुङका अध्यक्ष श्रीजय श्रेष्ठले गरेका थिए ।
तेस्रो दिन बुधबार पहिलो खेल गुठी युनाइटेड बिरुद्ध म्याग्दी जिल्ला खेलकुद बिकास समिति र दोस्रो खेल दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय बिरुद्ध अमर आदर्शका बिचमा हुने जेसीजका अध्यक्ष सुशान्कृष्ण श्रेष्ठले जानकारी दिए । ११ टिमको सहभागीता रहेको खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरी द्वितिय हुनेलाई १ लाख नगद पुरस्कारसहित ट्रफी र मेडल दिइने आयोजकले जनाएको छ । सान्त्वना हुने टिमलाई नगद १५/१५ हजार र बिधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ । खेल फागनु २४ गतेसम्म संचालन हुने महासचिव सुलभ खड्काले जानकारी दिए ।





