आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्की क्रिकेट क्लबको विजयी शुरुवात

कास्की क्रिकेट क्लबको विजयी शुरुवात


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

पोखरा/पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लवले बिजयी सुरुवात गरेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा मंगलबारदेखि लेखानाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अरण्यज्योति क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै कास्की क्रिकेट क्लबले बिजयी सुरुवात गरेको हो ।
टस जितेर पहिले व्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । २०१ रनको विशाल लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लबले पूरै ओभर खेलेर अलआउट हुँदै केवल १२६ रन मात्र बनाउन सक्यो ।
उद्घाटन खेलमा विष्फोटक पारी खेलेका कास्की क्रिकेट संघका आदित्य थापा प्लेयर अफ दी म्याच घोषित भए ।यसअघि प्रतियोगिताको कास्की क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले उद्घाटन गरेका थिए । उनले अम्पायर प्रदीप तामाङलाई क्रिकेट बल दिएर उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->