आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बेगनास कपको उपाधि मिक्कीलाई

बेगनास कपको उपाधि मिक्कीलाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

पोखरा/बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि मिक्की एफसीले हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्की एफसीले उपाधधि हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद १ लाख ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मिक्कीको लागि अतिरिक्त समयमा विनम गुरुङले निर्णायक गोल गरेका थिए ।विनोद मेमोरियलले उप–विजेताको उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा एन के क्लबले उत्कृष्ट अनुशासित टिमको उपाधिसँगै नगद ८ हजार प्राप्त गरेको छ भने मिक्की एफसीका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन । उनीहरुले उपाधिसँगै जनही रु५÷५ हजार प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->