बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८१, आइतबार

बागलुङ/चारतारे युवा क्लब (सिवाईसी) नेपालले माता पिता सँग सिवाईसी अभियान शुरु गरेको छ । बिशेषगरी जेष्ठ नागरिकहरुको स्वास्थ्यमा ख्याल गर्ने र उनीहरुलाइ सम्मान गर्ने लक्ष्यले उक्त अभियान शुरु गरेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
‘सिवाईसीको अभियान, मातापिताको सम्मान’ भन्ने नारा दिएर उक्त अभियान शुरु गरिएको हो । यो अभियान अन्र्तगत शनिवार जेष्ठनागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त अबसरमा रक्तचाप, मधुमेह लगायतको रोगको परीक्षण भएको र समस्या भएकालाई औषधी समेत बितरण गरिएको थियो ।
गण्डकी मेडिकल कलेजका प्रोफेसर डाक्टर तरुण पौडेल, बागलुङ नगरपालिकाका स्वास्थ्य कर्मी समेतले स्वास्थ्य परीक्षण र औषधी बितरणमा साथ दिएका थिए । उक्त अबसरमा आयोजित कार्यक्रममा सहभागिले जेष्ठ नागरिकको सम्मान गर्दा पुरानो पुस्ताले गरेको संघर्षको कथा पनि बुझ्न पाइने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जेष्ठ नागरिकहरु अनुभवको खानी भएकोले उनीहरुबाट सीप सिक्न सकिने बताए । साथै सामाजिक सुरक्षाको रुपमा सबैले जेष्ठ नागरिकको सेवा गरेमा अन्य सामाजिक काम गर्नु नपर्ने धारणा राखे । बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले जेष्ठ नागरिकहरुले हिजोका दिनमा गरेका साहसिक कामको अनुसरण गर्ने र आत्मनिर्भर कृषि व्यवसायमा लाग्नुपर्ने बताए ।
उक्त अबसरमा ६५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो । संस्थाले बोलाएरै निशुल्क स्वास्थ्य परीक्षण गर्दा खुसी लागेको ९० बर्षिय नुतनप्रसाद गौतमले अनुभव सुनाए । अध्यक्ष चण्डीप्रसाद शर्माले यस्ता अभियान विभिन्न समयमा संचालन गरेर सयौं जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा साथ दिने बताए । सिवाईसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, सचिव बीरबहादुर किसानको संचालन र उपाध्यक्ष लक्ष्मण खड्काको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->