आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल हुँदै

पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल हुँदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

पोखरा/पोखरामा आउँदो चैत ३ देखि ५ गतेसम्म ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सो प्रतियोगिता हुन लागेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । संघका अध्यक्ष केशव पाठकका अनुसार प्रतियोगितामा सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->