पोखरा/पोखरा महानगरपालिका दोश्रो अन्तर क्लब पुरुष टी–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि लेखनाथ युथ क्रिकेट क्लबले जितेको छ । प्रतियोगिताको फाइनलमा माछापुच्छ«े क्रिकेट क्लवलाई ३० रनले पराजित गर्दै लेखनाथले उपाधि जितेको हो ।
लेखनाथ युथ क्लबले टस जितेर पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रनको योगफल तयार पारेको थियो । १५१ रनको मध्यम लक्ष्य भेट्टाउन जवाफी ब्याटिङमा उत्रिएको माछापुच्छ«ेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केवल १२० रन बनाउँदै उपाधि लेखनाथलाई सुम्पेको हो ।
प्रतियोगिताको बेष्ट प्लेयर अफ द टुर्नामेन्ट उपाधि विजेता टिम लेखनाथ यूथ क्लवका दीपक बराल बने । त्यस्तै, माछापुच्छ«े क्रिकेट क्लबका प्रमोद बास्तोला बेष्ट बलर तथा कास्की क्रिकेट क्लवका आदीत्य थापा बेष्ट ब्याट्स म्यान घोषित भए ।





