आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१० औं खेलकुदको तयारी

१० औं खेलकुदको तयारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

पोखरा/प्रदेश खेलकुद परिषद गण्डकीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ ।
परिषद्ले मंगलबार प्रदेश खेलकुद संघबीच छलफल गर्दै तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५ गते सम्म दर्ताका लागि खुल्ला गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।
परिषद्ले पालिकातहबाटै खेलाडी छनोटका लागि तयारी सुरू गरिएको बताउँदै सदस्य सचिब शर्माले पालिका खेलकुद विकास समितिको समन्वयमा चैत्र १५ गते देखि २० गते भित्र पालिका छनोट गर्ने तथा चैत्र २५ गते भित्र जिल्ला छनौट सम्पन्न गर्ने गरी सबै जिल्ला खेलकुद विकास समिति र खेल संघहरुलाई पत्रचार गरिएको बताए ।प्रदेशस्तरीय छनौट प्रतियोगिता चैत्र २६ गते देखि २०८२ वैशाख ५ गते सम्म सम्पन्न गर्ने गरी राष्ट्रिय प्रतियोगिताका लागि प्राप्त खेलाडी कोटा बमोजिम अन्तिम छनोट गर्ने जनाएको छ ।
दशौं राष्ट्रिय खेलकुदका लागि हाल सम्म गण्डकी प्रदेशका ११ जिल्लामा ३ हजार ३७६ जना खेलाडी दर्ता भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् । जसमध्ये कास्कीमा सर्वधिक १ हजार ५८ जना, नवलपुरमा ५ सय ६१, तनहुँ २ सय ६, गोर्खा १ सय ४२, पर्वत २ सय ५९, मनाङ ३ सय ३, मुस्ताङ ६३, बाग्लुङ ३ सय ७, स्याङजा २ सय ४४, लमजुङ ७२, म्याग्दी १ सय ६१ जना खेलाडी दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->