लेखनाथ/कास्कीको लेखनाथमा जारी दोस्रो सुर्य तारा खेल महोत्सव अन्तरगतको फुटवल प्रतियोगितामा गन्नि एप्सी फुटवल क्लव पोखरा र आयोजकको टिम फाईनलमा प्रवेश गरेका छन् ।
सुर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा शनिबारदेखि कास्कीकोे पोखरा महानगरपालिका वडा नं २९ स्थित प्रस्तावित लेखनाथ रंगशालामा बिहिबार भएको खेलमा गन्नी एप्सी फुटवल क्लव पोखरा र गत वर्षको विजेता एल सी ब्रदर्श लामाचौरका विचको खेलमा गन्नि एप्सी १–० ले फाईनलमा प्रवेश गर्न सफल भएको हो ।
कडा प्रतिशपर्दाका साथ सुरु भएको खेलमा गन्नी एप्सीको तर्फबाट विदेशी खेलाडी रिचार्ड असोरवाले खेलको पहिलो हाफको २९ मिनेटमा गरेको गोल नै निर्णाय बनेको हो ।
यसैबीच बुधबार भएको सेमिफाईनल खेलमा अधि आयोजक सुर्य तारा नेकोसले र विष्णु पादुका हेम्जाको समुहलाई २–० गोलको अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।
चैत्र २ गते हुने फाईनल खेलमा विजेता समुहले ४ लाख ४ हजार ४ सय ४४ रुपियाा सहित सिल्ड,मेडल र प्रमाण पत्र पाउने छन् भने उप विजेता समुहले २ लाख २ हजार २ सय २२ रुपियाा सहित सिल्ड,मेडल र प्रमाण पत्र पाउने सूर्य तारा क्लवका अध्यक्ष विष्णुले जानकारी दिएका छन् ।





