आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेफ्री क्याटगोरी ४ कोर्षमा २३ जना पास

रेफ्री क्याटगोरी ४ कोर्षमा २३ जना पास


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

पोखरा/गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्री विकास गर्ने उदेश्यका साथ एक हप्तासम्म आयोजना गरिएको उक्त कोर्ष शुक्रबार सम्पन्न भएको हो ।
कोर्षमा सहभागिमध्ये २३ जना पास भएका छन् । उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बिचमा प्रमाणपत्र तथा ब्याज वितरण गरिएको छ । एन्फा रेफ्री कोर्ष क्याटगोरी–४ मा गोर्खाका आयुष सुनार, सुमिरन परियार, सोम गुरुङ, विकाश गुरुङ, प्रदिप थापा, लमजुङका टुकबहादुर गुरुङ, चिनाबहादुर गुरुङ, छविन्द्र गुरुङ, सरोज गुरुङ, उपेन्द्र गुरुङ, भरत गुरुङ, विशेष बहादुर गुरुङ, राम गुरुङ, युविन गुरुङ, यस्तै तनहुँबाट किरण गुरुङ, सविन गुरुङ, राजन मगर पास भएका छन् भने नवलपरासीबाट ओमचन्द्र महतो, रुपेश महतो, सुरेन्द्र बुढाथोकी, चुरामणी चौधरी तथा कास्कीबाट कुशल गुरुङ पास भए ।
अब उनीहरुले रेफ्रीको नियममा बसेर फुटबल खेल खेलाउने छन् । उनीहरुका लागि आगामी वर्ष क्याटगोरी ३ को कोर्ष प्रदान गरिने एन्फाका सिइओ तथा गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।
कोर्षको समापन कार्यक्रममा खेलाडीलाई ब्याज तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकी प्रदेशको फुटबल विकासका लागि रेफ्री कोर्ष पनि अत्यावश्यक रहेको सुनाए । उनले रेफ्रीको लागि सुरुवाती चरणमा प्रवेश गरेकाहरुलाई फुटबलमा निरन्तरता दिदैँ फिफा रेफ्रीसम्म बन्ने लक्ष्य राख्न आग्रह गरे ।
एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले पास हुने २३ जनालाई दत्तचित्त लगाएर फुटबलको विकास र प्रर्बद्धनमा लाग्न आग्रह गरे । अब आधिकारि रेफ्री भएको सुनाउँदै उनले अबका खेलहरु फुटबलको नियमअनुसार र रेफ्रीको नियममा बसेर खेलाउन समेत आग्रह गरे ।
गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले कोर्षपटि फुटबलमा निरन्तरता दिन आग्रह गर्दै कोर्षमा असफल भएकाहरुले आगामी वर्षहरुमा पुनः प्रयास गर्न अनुरोध गरे । गण्डकी प्रदेश फुटबल संघले यस्ता विभिन्न तालिम तथा कोर्षहरु गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तर गरिरहने उनले सुनाए ।
कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटगोरी ४ पहिलो खुडकिलो हो । गण्डकी प्रदेश फुटबल महासंघका महासचिव विनोद गुरुङले कोर्षका लागि गण्डकी प्रदेशभित्रका २९ जनाको सहभागिता रहेको बताए । उनका अनुसार सात दिनको कोर्षमा फिटनेश परीक्षणदेखी प्रयोगात्मक र लिखित परीक्षा भएको महासचिव विनोदले बताए । उनका अनुसार क्याटगोरी ४ भनेको रेफ्रीका लागि पहिलो लेभल हो यसपछि क्याटगोरी ३, क्याटगारी २, क्याटगोरी १ गर्दै फिफा रेफ्रीसम्म जान्छ यो कोर्ष पास गरेको खण्डमा मात्रै अर्को लेभलमा जान पाउनेछन ।
गत वर्ष समेत क्याटगोरी ४ को कोर्ष गराउँदा ३५ जनाको सहभागिता रहेको थियो । जसमा १६ जनामात्रै पास भएका थिए । अहिले क्याटगोरी ४ पास गर्नेका लागि क्याटगोरी ३ को कोर्ष गराउने लक्ष्य प्रदेशको रहेको उनी सुनाउछन् । रेफ्री संयोजक बुद्धिबहादुर गुरुङसहित रेफ्री प्रशिक्षक विरेन्द्र पाण्डे, सचिन अमात्य र रोजन श्रेष्ठले प्रशिक्षण दिएका थिए । कोर्षका लागि टेक्निकल सहयोग एन्फाले गरेको छ भने गण्डकी प्रदेश सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->