आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बिरुवा र गल्याङ फाइनलमा प्रवेश

बिरुवा र गल्याङ फाइनलमा प्रवेश


  • अर्जुन काफ्ले
  • चैत्र २ २०८१, शनिबार

स्याङ्जा/बिरुवा गाउँपालिका र गल्याङ नगरपालिका प्रथम पिङ्क सिटि महोत्सव कप २०८१ पुरुष भलिबलमा फाइनलमा प्रवेश गरेका छन् । छ वटा पालिका रहेको प्रतियोगितको सेमिफाइनमा बिरुवाले राष्ट्रिय खेलाडी धन बहादुर भट्ट् सम्मिलित वालिङलाई पराजित गरेसँगै बिरुवा र गल्याङको उपाधिको लागि भिडन्त पक्का भएको हो ।
वालिङलाई बिरुवाले १–३ को सेटमा २६–२४, २२–२५, १७–२५ र २३–२५ अंकले पराजित गरेको हो । पहिलो सेट वालिङले जितेपनि खेलमा फर्कदै बिरुवाले लगातार तीन सेट जित्दै उपाधिको होडमा पुगेको हो । वालिङलाई जितसँगै बिरुवाले लिग चरणको बदला समेत लिएको हो ।
वालिङ चेम्बर अफ कमर्सले आयोजना गरेको प्रथम पिंक सिटि महोत्सव २०८१ मा पालिका स्तरीय पुरुष भलिबलमा पहिलो सेमिफाइनमा गल्याङले भीरकोट नगरपालिकालाई २–३ को सेटमा २६–२४, १९–२५, २६–२४, २०–२५ र १३–१५ पराजित गरेको थियो ।
प्रतियोगितामा वालिङ, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका सहित छ पालिकाको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टिमले नगद एक लाख ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक उमराज गुरुङ (राज) ले जानकारी दिए । उपविजेताले नगद एक लाख ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रोले ५५ हजार र चौथोँ हुनेले ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->