आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई

पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

पोखरा/पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनलमा घरेलु टोलि गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो ।
फाइनलमा गण्डकीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । उपाधिसंगै आर्मीले नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैया प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे । विधागत उत्कृष्ट तीनै जनाले समान पाँच–पाँच हजार रुपैयाँ संगै ट्रफी हात पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->