आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा खुल्ला एथलेटिक्स मिट हुँदै

पोखरामा खुल्ला एथलेटिक्स मिट हुँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

पोखरा/कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरामा खुल्ला एथलेटिक्स मिट २०२५ हुने भएको छ । दशौं राष्ट्रिय खेलकुद लक्षित गर्दै जिल्ला एथलेटिक्सले सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
देशभरका उत्कृष्ट एथलेटिक्स खेलाडीहरुको प्रदर्शनी हुने उक्त कार्यक्रममा एथलेटिक्सका सबै विधामा प्रतिस्पर्धा हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लामो समयसम्म नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न नसकि एथलेटिक्स गतिविधि नै ठप्प रहेको अवस्थामा कास्की जिल्लाले भने राष्ट्रिय खुल्ला एथलेटिक्स मिट आयोजना गर्न लागेको हो ।
यहि चैत्र २९ र ३० गते पोखरा रंगशालामा सो मिट हुनेछ । संघका सचिव एवं प्रतियोगिताका संयोजक सिद्धान्त अधिकारीले एथलेटिक्सका खेलाडीहरु यतिबेला दशौंको तयारीमा रहेका छन् तर दशौं राष्ट्रिय खेलकुद नै अन्योलमा पर्दा तयारीमा रहेका खेलाडीहरुमा समेत निराशा छाउँदै गएपछि जिल्लाको आयोजनामा एथलेटिक्स मिटको आयोजना गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->