आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन

माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८१, बिहिबार

पोखरा\गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ ।
संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही, सुजन घर्ति मगर, पुरन गुरुङ, राजु सार्की, साजन अधिकारी र शिला विक चयन भएका छन् ।
सो अवसरमा गण्डकी प्रदेश टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले ग्रामिण भेगमा रहेका युवाहरुलाई खेलकुदमा आवद्ध गराउन राज्यले उचित व्यवस्था गर्न आवश्यक रहेको वताउँदै खेलकुद प्रति युवालाई उत्साहित गराई खेलाडि उत्पादनमा गाउँपालिकाहरुले भूमिका महत्वपूर्ण रहेकोले पालिका स्तरमा खेलकुद संघ स्थापना गर्न पहल गर्नुपर्ने बताए ।
सो अवसरमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी, कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष गौतम राज लामा, गण्डकी प्रदेश टेबुलटेनिस संघका सचिव अनुष कुँवर, नि. सचिव कृष्ण रानाभाट, सदस्यहरु दिपक राज गिरी र प्रकाश वाग्ले, नवनिर्वाचित गापा अध्यक्ष युवराज अधिकारी लगायतले माछापुच्छ्रे गाउँपालिकामा टेबुलटेनिस संघको सम्भावना वारेमा बोलेका थिए ।
माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिका संयोजक हुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->