आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चैत अन्तिम साता सामुदायिक विद्यालयस्तरीय भलिबल हुने

चैत अन्तिम साता सामुदायिक विद्यालयस्तरीय भलिबल हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८१, शुक्रबार

पोखरा/कास्की जिल्ला भित्र रहेका सामुदायिक विद्यालयहरु बिच पोखरामा चैतको अन्तिम साता छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको आयोजनामा अन्तर सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता बारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिर्जना विकास केन्द्रका अध्यक्ष विष्णु बरालले सामुदायिक विद्यालय स्तरमा हुने देशकै ठूलो प्रतियोगिताको रुपमा हुने दाबि गरे । उनले नेपालमा सामुदायिक विद्यालय स्तरीय भलिबल प्रतियोगितामा यति ठूलो रकम भएको अहिलेसम्म नभेटिएको सुनाए । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको छात्र तर्फको विजेताले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुने विद्यालयले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छात्रातर्फको विजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट हुने छात्र÷छात्रा दुवै तर्फका खेलाडीलाई समान पाँच÷पाँच हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै अन्य विधागत उत्कृष्ट हुने खेलाडीलाई एक÷एक थान भलिबल प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालन गर्न ११ लाख ४९ हजार रुपैयाँ खर्च तथा १२ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुन आउने रकम भलिबल खेलकै विकासमा खर्च गर्ने अध्यक्ष बरालले जानकारी दिए । प्रतियोगितामा छात्र÷छात्रा गरि कुल ५० टिमको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->