आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

केपी ओली कप टी २० क्रिकेट चैत २३ देखी

केपी ओली कप टी २० क्रिकेट चैत २३ देखी


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

पोखरा/पोखरामा दोस्रो संस्करणको ‘केपी ओली कप टि२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट चैत २३ गतेदेखि हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा हुने उक्त प्रतियोगिताको तयारी समेत थालिएको छ । चैत २३ गतेदेखी ३० गतेसम्म हुने प्रतियोगिताबारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै धु्रव आचार्यले प्रतियोगिताको संरचनामा परिवर्तन गरिएको सुनाए ।

यस पटक खुल्ला क्लब स्तरीय प्रतियोगिता हुनेछ । यसमा जुन सुकै क्रिकेट क्लबले समेत सहभागिता जनाउन पाउने भएका छन् । पहिलो संस्करणमा खुल्ला क्लब स्तरीय नभइ राष्ट्रिय स्तर (सात प्रदेश र तीन विभाग) को प्रतियोगिता आयोजना गरेको थियो ।

‘यसपटक हामीले नयाँ गर्न खोजिरहेका छौं । पहिलो संस्करणमा प्रदेश तथा विभागीय क्लब बिचमा प्रतिस्पर्धा भएको थियो, अहिले खुल्ला क्लब स्तरिय बनाएका छौं यो नितान्त ग्रासरुट स्तरका खेलाडीको सहभागिता रहोस् भन्ने मनाशायले परिवर्तन गरिएको हो । यसबाट यस अघि अवसर नपाएका खेलाडीले समेत अवसर पाउनेछन भन्ने आशा लिएका छौं’ उनले भने, ‘कुनै पनि क्लबले राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडीलाई ल्याउन पाउनेछन तर, हामीले धेरै टिम आएकाले पनि १२ टिमको मात्रै प्रतिस्पर्धा गराउने सोचेका छौं ।’

क्लब स्तरीय प्रतियोगिता गराउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसंगै स्थानीय स्तरका खेलाडीले समेत खेल खेल्न पाउनेछन् । लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद दश लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले दश हजार र म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ । पहिलो संस्करणमा मधेश प्रदेशले उपाधि चुमेको थियो । मधेश प्रदेशका कप्तान अनिल शाहले केपी कपमा उत्कृष्ट प्रदर्शनी गरेपछि राष्ट्रिय टिममा समेत पुनरागन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->