आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलकुद विकास समितिमा राजनैतिक भागबन्डा

खेलकुद विकास समितिमा राजनैतिक भागबन्डा

गण्डकीका छ जिल्ला खेलकुद विकास समिति कांग्रेसलाई, पाँच एमालेलाई


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०८१, मंगलबार

फाइल तस्बिर
पोखरा/सत्ता साझेदार नेपाली कांग्रेस र एमालेले गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिको नेतृत्व बाँडचुँड गरेका छन् । प्रदेश खेलकुद परिषद्अन्तर्गत रहेका ११ जिल्लाको खेल नेतृत्वमा कांग्रेस–एमालेको भागबन्डा भएको हो ।

भागबन्डा अनुसार कांग्रेसले ६ र एमालेले ५ जिल्ला नेतृत्व लिएका छन् । अध्यक्ष पद लिने जिल्लामा कोषाध्यक्ष र चार सदस्य (बहुमत हुने गरी ) तथा सचिव र उपाध्यक्ष पाउनले तीन सदस्य लिने गरी दुई पार्टीबीच सम्झौता भएको थियो ।

सम्झौता अनुसार कास्कीसहित म्याग्दी, बागलुङ, गोर्खा, स्याङ्जा र मनाङ कांग्रेसको भागमा परेको छ । यस्तै तनहुँ, लमजुङ, नवलपुर, पर्वत, मुस्ताङ एमालेको भागमा छ । यीमध्ये मनाङ र मुस्ताङमा समितिका लागि नाम आइनपुगेकाले मनोनयन हुन सकेन । नवलपुरमा कोषाध्यक्षमा कुरा नमिल्दा अहिलेलाई रोकिएको छ ।

०८१ साउन १० गतेको प्रदेश खेलकुद परिषदको मन्त्रिस्तरीय निर्णयबाट कोषराज कार्कीलाई चार वर्षका लागि मनोनयन गरेका कारण उनको पदावधि रहेको छ । जसका कारण त्यहाँ कुरा नमिल्दा समितिले पूर्र्णता पाउन सकेन ।

जिल्ला खेलकुदको पदाधिकारीमा एक महिला अनिवार्य गरिएको छ जसअनुसार नवलपुरमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीमा पुरुषको नाम आउँदा समस्या आएको हो । स्याङजाको हकमा अध्यक्षलाई सोही मितिमा मनोनयन गरेकाले उनको अवधि रहेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले मनाङ, मुस्ताङमा प्राविधिक कारणले समिति मनोनयन हुन नसकेको जानकारी दिए । उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिएकाले पनि रिक्त बनेका जिल्ला खेलकुद विकास समितिलाई तत्काल पूर्णता दिने काम भएको सुनाए ।

उनले मंगलबार मनोनयन गर्न छुटेका जिल्लाहरुमा ३० गतेभित्र टुंग्याउन मन्त्रीको निर्देशन रहेको सुनाए । प्रदेश खेलकुद परिषद् मन्त्रीस्तरीय निर्णयबाट जिल्लाको समितिका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष मनोनयन गर्ने अधिकार रहेको छ । सदस्यहरु भने तिनै पदाधिकारीले निर्णय गर्ने भनिए पनि त्यहाँ पार्टीकै सिफारिस चल्नेछ । मंगलबार गण्डकीका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी मनोनयनसँगै सपथ ग्रहण गराइएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको रोहबरमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सपथ ग्रहण गराएका हुन् । फागुन ९ गते गण्डकीका जिल्ला खेलकुद विकास समितिहरु रिक्त भएका थिए । सपथ ग्रहणपश्चात सम्बोधन गर्दै मन्त्री थापाले कांग्रेस–एमालेले भागबन्डा गरेको सुनाए । उनले बागबन्डा अनुसार अध्यक्ष पद लिनेले कोषाध्यक्ष र चार सदस्य लिएको सुनाए ।

‘अहिले दुई ठूला राजनैतिक दल कांग्रेस र एमालेको सरकार छ । यही दुई दलबीच भागबन्डा गरिएको छ । जसअनुसार पाँच जिल्ला कांग्रेस र ६ जिल्ला एमालेको भागमा छ,’ उनले भने, ‘तपाईहरुको यो कुनै सुविधा पाउने पद होइन खाली स्वयमसेवक बन्ने ठाउँमात्रै हो । भोलिका दिनमा प्रदेश सरकारले बजेट छुट्यायो भने फरक कुरा हो होइन भने स्वयम सेवक भएर नै काम गर्ने हो ।’

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीकालागि समेत अहिले नै रिक्त रहेका पदाधिकारीलाई मनोनयन गरेको र अब जिल्लाबाट खेलाडी छनोटका लागि काम गर्न समेत अनुरोध गरे । दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ३० लाख रकम विनियोजन गरिएको र आवश्यक परेमा क्याविनेटबाट थप गरिने सुनाए ।

यी हुन् अहिले टुंगो लागेका जिल्लाहरु
कास्की – अध्यक्षमा मिलन गुरूङ, उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री, सचिवमा अन्जु केसी र कोषाध्यक्षमा विग्नेश थापा
गोर्खा – अध्यक्षमा प्रेम बहादुर तामाङ, उपाध्यक्षमा मकेश बानियाँ, सचिवमा अमृता गुरूङ र कोषाध्यक्षमा होम बहादुर थापा मगर
लमजुङ – अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिवमा मीनप्रसाद घले र कोषाध्यक्षमा रवि थापा
तनहुँ – अध्यक्षमा अनिल पाण्डे (पुनः दोहोरिएको), उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिबमा विश्व कुमार बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ
स्याङजा – अध्यक्षमा प्रकाश रेग्मी (पुनः दोहोरिएको), उपाध्यक्षमा विजयविक्रम खाँड, सचिवमा विद्यादेवी भट्टराई र कोषाध्यक्षमा धिरज खाँड
पर्वत – अध्यक्षमा जङ्ग बहादुर पुन मगर, उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन मगर र कोषाध्यक्षमा जगत प्रसाद लामिछाने
बागलुङ – अध्यक्षमा (निर्णय हुन बाँकी), उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा, कोषाध्यक्ष (मनोनयन हुन बाँकी)
म्याग्दी – अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णु कुमार रोक्का, सचिबमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन
नवलपुर – निर्णय हुन बाँकी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->