आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ब्याण्डमिन्टनमा बगर प्रथम

ब्याण्डमिन्टनमा बगर प्रथम


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८१, बिहिबार

पोखरा/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडी प्रथम भएको छ ।

प्रतियोगितामा आयोजकको तर्फबाट फणिन्द्रप्रसाद तिमिल्सिना र विशाल खड्काको जोडी प्रथम त्यस्तै आयोजककै प्रदीप श्रेष्ठ र विशाल बस्नेतको जोडी द्वितीय भए । प्रतियोगितामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा कालिकाका हरिबहादुर बुढाथोकी र बिष्णुबहादुर अधिकारीको जोडि तेस्रा भए ।

प्रथम र द्वितीयलाई क्रमश २० हजार १५ हजार र ट्रफि प्रदान गरिएको थियो भने तृतीयलाई सान्त्वना स्वरुप नगद ४ हजार प्रदान गरिएको थियो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखराको २२ औ स्थापना दिवसको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->