आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मंगलाले जित्यो कालिका कप महिला भलिबलको उपाधि

मंगलाले जित्यो कालिका कप महिला भलिबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८१, बिहिबार

तस्बिर : बालकृष्ण सुवेदी

बागलुङ/ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालिका कप’ महिला भलिबल प्रतियोगिताको उपाधि एस.एस.वाई.सी. मंगला म्याग्दीले जितेको छ । बागलुङ कालिका मन्दिर परिसरमा बिहिबार सम्पन्न फाइनल भीडन्तमा ग्रेस इन्टरनेशनल बागलुङलाई सोझो सेटमा पराजित गर्दै मंगलाले कालिका कप जितेको हो ।

नेपाल पुलिस क्लबकी रिमा कुँवर, गण्डकी प्रदेश स्तरीय खेलाडिहरु सजिना बुढा, रेविना घर्ति र पुजासेन ठकुरी सम्मिलित मंगलाले ग्रेस इन्टरनेशनललाई २५–१३, २५–२२ र २५–१४ को सोझो सेटमा निराश बनाउँदै उपाधि जितेको हो । २० वर्ष मुनिको राष्ट्रिय टोलीकी सदस्य समेत रहनुभएकी मिना सुनार र गण्डकी प्रदेश स्तरिय खेलाडि सोइङ थापाले उत्कृष्ट खेल प्रदर्शन गरेपनि ग्रेस इन्टरनेशनललाई हारबाट जोगाउन सकेनन् ।

विजेता मंगलाले नगद ८० लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको ग्रेसले नगद ४० हजार, मेडल र प्राप्त गरेको भबिल खेल संयोजक अर्जुन खड्काले जानकारी दिए । मंगलाले एडुजोन र ग्रेस इन्टरनेशलेले जैमिनी नगरपालिकाकालाई पराजित गर्दै फाइनल पुगेका थिए ।

यस्तै, ‘कालिका कप’ खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता भोलि शुक्रबारदेखि २५ गतेसम्म संचालन हुने आयोजक कालिका भगवती गुठीले जनाएको छ । पुरुष भलिबलको विजेताले नगद २ लाख र द्धितीय हुने टोलीलाई नगद १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाइनल पुग्ने समुहलाई २५ हजार तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपियाँसहित पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->