आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलकुदमा दलगत भागबन्डा : सपथ पनि किस्ता–किस्तामा

खेलकुदमा दलगत भागबन्डा : सपथ पनि किस्ता–किस्तामा

बागलुङमा अध्यक्ष र कोषाध्यक्षमा कुरा नमिल्दा समस्या


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८१, बिहिबार

पोखरा/राजनीतिक दलगत भागबन्डा गरिएको गण्डकीका जिल्ला खेलकुद विकास समितिको सपथसमेत किस्ता–किस्तामा गर्न थालिएको छ । कांग्रेस–एमाले भागबन्डा भएको जिल्ला खेलकुदको दोस्रोपटक तीन जिल्लाका पदाधिकारीले सपथ खाएका छन् ।

कास्कीको अध्यक्षमा मनोनयन भएका मिलन गुरूङसहित अन्य तीन जिल्लाका अध्यक्ष तथा पदाधिकारीले शपथ लिएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको कार्यालयमा बिहिबार परिषदका उपाध्यक्ष धोजकुमार गुरूङको उपस्थितीमा सदस्य सचिव श्रीधर शर्माले शपथ गराएका हुन् । योसँगै १० जिल्ला खेलकुद विकास समितिले पूर्णता पाउँदा बागलुङमा भने अध्यक्ष र कोषाध्यक्षमा कुरा नमिल्दा अझै पदाधिकारीले पुर्णता पाउन सकेको छैन् ।

यस्तै, स्याङजा जिल्लाका अध्यक्ष प्रकाश रेग्मी मुस्ताङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन भएका अमित तुलाचन र कोषाध्यक्ष विशाल शेरचन, मनाङका अध्यक्ष हुपजङ्ग गुरुङ र कोषाध्यक्ष रुपा घले गुरूङलेसमेत शपथ लिएका छन् । मुस्ताङ र मनाङमा उपाध्यक्ष र सचिवको मनोनयन हुन सकेको छैन् ।

उनीहरुलाई यूवा तथा खेलकुद मन्त्रालय मन्त्रिपरिषद्का अध्यक्ष मन्त्रीस्तरीय २०८१ चैत्र १२ गतेको निर्णयनुसार प्रदेशप्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकुद विकास नियमावली २०७८ बमोजिम आगामी चार वर्षका लागि मनोनयन गरिएको हो । दलगत भागबन्डा लगाउँदा आन्तरिक प्रतिस्पर्धाले समस्या हुँदा ११ जिल्लाले समयमै पूर्णता पाउन सकेन । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । मनोनयनमा परेका सबैको कार्यकाल चार वर्षको रहेको छ ।

गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ६ जिल्लामा अध्यक्षसहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी गरिएको सहमति बमोजिम पदाधिकारीहरु मनोनयन गरिएको हो । नेपाली काँग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिव तथा नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिवसहित पदाधिकारी लिने गरी दुई दलबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->