पोखरा/पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला क्लब स्तरीय पुरुष क्रिकेट प्रतियोगितामा पोखरा महानगरपालिका एक खेल अगावै बाहिरिएको छ । आइतबार हेटौडासंग ४ विकेटको हार व्यहोर्दै पोखरा समुह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘ए’ को दोस्रो दिनको पहिलो खेलमा ७२ रनको सामान्य लक्ष्य पाएको हेटौंडाले १२ ओभरमा ६ विकेट गुमाउदै पूरा ग¥यो ।
हेटौंडाका ओपनर गौरव खड्काले ३४ रनको उत्कृष्ट पारी खेल्दै क्याच आउटभए । उनले ३२ बल ४ चौका समेत प्रहार गरे । राम नरेश गिरि १४ र अखिलेश ठाकुर ८ रनमा नट आउट रहे । गिरिले १० बलमा १ चौका र १ छक्का प्रहार गरे भने ठाकुरले ८ बलमा १ चौका प्रहार गरे ।शुभ कंशाकार, युविन बुढाथोकी शुन्यमै आउट भए । सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बस्ताकोटी ४ रनमा आउट भए ।पोखराका लागि सुवास बास्तोला र अन्जन केसिले २÷२ तथा समिर भुजेल र मार्सल बरालले १÷१ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको पोखरा १६.५ ओभरमा अलआउट हुन पुग्यो । पोखराका ओपनर दिपक बरालले १४ रन जोडे । सुमित श्रेष्ठले पोखराका लागि सर्वाधिक २६ रनको योगदान दिए । उनले ३९ बलमा ३ चौका प्रहार गरे । प्रमोद बास्तोलाले २२ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
धिरज अधिकारी २, कविन सापकोटा १(रन आउट), मार्सल बराल १(रन आउट), सुवास बास्तोला १ रनमा आउट भए भने विष्णु प्रसाद शर्मा, साहिल पौडेल र अन्जन केसी शुन्यमै आउट भए । हेटौंडाका लागि असिम श्रेष्ठ र अकिलेश ठाकुरले समान ३÷३ विकेट लिए भने सांसद अली मन्सिरीले २ विकेट लिए ।
दोस्रो खेलमा १२७ रनको विजयी लक्ष्य पाएको काठमाडौंले १४.१ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन पुरा ग¥यो । काठमाडौंका लागि दिपेन्द्र रावतले ४९ रनको योगदान दिदैँ क्याच आउट भए । उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर रित गौतमले २३ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३८ रन बनाउँदै क्याचआउट भए । पृथु बास्कोटा २१ रनमा र अर्जुन घर्ति ७ रनमा नटआउट रहे । पृथुले १४ बलमा १ चौका २ छक्का प्रहार गरे भने अर्जुनले २ बलमा १ छक्का प्रहार गरे ।स्याङजाका लागि अस्विनी रानाले २ तथा किरण भट्टराईले १ विकेट लिए । काठमाडौंले यस अघि हेटांैडालाई हराएको थियो ।
त्यसअघि टस जितेर व्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो ।ओपनर करण पंगेनी १४ रनमा आउट भए । १४ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । इश्वर क्षेत्रीले ३४ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मिलन क्षेत्री ३, विशाल कोइराला १७, सन्दीप खत्री क्षेत्री १, सुजन गौतम ११, अश्विनी राना २ रनमा आउट भए । किरण भट्टराई १५ र लक्ष्मण डुम्रे ११ रनमा नटआउट रहे ।काठमाडांैका लागि दीपेन्द्र रावतले ४ ओभरमा एक मेडनसहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यानअफ दी म्याच घोषित भए । यस्तै मनोज यादव, युनिशविक्रम सिंह र सूर्य तामाङले समान १÷१ विकेट लिए ।
समूह ए मा काठमाडौंले आफ्नो शीर्षस्थानका लागि सम्भावना बलियो बनाएपनि पोखरासँग हारेको खण्डमा भने हेटौंडा र स्याङजाको समेत सम्भावनाको ढोका खोल्नेछ । प्रतियोगितामा भोलि तेस्रो दिन समूह ‘ए’ तर्फको पोखरा महानगरपालिका र काठमाडौं तथा सोही समूहको हेटौंडा र स्याङ्जाबीच खेल हुनेछ ।





