आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘कालीका कप’ भलिबलको उपाधिले गलकोटले जित्यो

‘कालीका कप’ भलिबलको उपाधिले गलकोटले जित्यो


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८१, सोमबार

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा आयोजित ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा जैमिनी नगरपालिकालाई ३–१ को सेटमा निराश बनाउँदै गलकोट नगरपालिकाले ‘कालिका कप’को उपाधि जितेको हो ।

फाइनल खेलको पहिलो सेटमा जैमिनीले गलकोटमाथि २५–१८ अंकको फराकिलो जित निकाले पनि बाँकी तीन सेट खेलमा निराशजनक प्रदर्शन गर्यो । पहिलो सेट गुमाए पनि गलकोटले उत्कृष्ट पुनरागमन गर्दै जैमिनीमाथि हाबी बन्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । गलकोटले जैमिनीलाई २५–१८, २५–१७ र २५–२० को सेटमा जित निकाल्दै उपाधि जितेको हो ।

उपाधि विजेता गलकोटले नगद २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेतामा सिमित बनेको जैमिनीले १ लाख रुपियाँमा चित्त बुझाएको आयोजक बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । सेमीफाइनल खेलमा गलकोटले कुश्मा नगरपालिका र जैमिनीले काठेखोला गाउँपालिकालाई पराजित गर्दै फाइनल पुगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->