बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटबल सुरु

तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटबल सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८१, मंगलबार

पोखरा/तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटबलमा साविकको विजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा शुरुवात गरेको छ । सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले लेकसाइड भेट्रान्सलाई ४–० गोलले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो ।

प्रतियोगितामा ढोलाहिटीकोतर्फबाट कृष्ण मालाकारले ४ गोल गरेका थिएभने प्रतियोगितामा प्लेयर अफ द म्याच समेत मालाकार नै घोषित भए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बरावरीमा खेल सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश ग¥यो । उक्त खेलमा प्लेयर अफ दी म्याचको उपाधि एक्स वरियरका राम लक्ष्मण भुजेलले हात पारे ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो क्लब अमरसिंह व्वाइज क्लबले भेट्रान फुटवल प्रतियोगिताको आयोजना गरी प्रौढ उमेरमासमेत युवाहरुको जस्तै जोश जाँगर निकाल्नका लागि प्रत्यत्न गरेकोमा आयोजकलाइ धन्यवाद व्यक्त गरे ।

महानगरले पोखरा भ्रमण वर्ष घोषणा गरेर अगाडी बढिरहँदा पोखरामा दिनहुँजसो आयोजना हुने विविध कार्यक्रमले पोखरामा पर्यटन भित्र्याउन सफल भएको बताए ।

१० टिमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव विजय घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा मंगलबार ४ खेल हुनेछन । मंगलबार पहिलो खेल एक्स वरियर र हेटौडा भेट्रान्स, दोश्रो खेल चितवन भेट्रान्स र संगम भेट्रान्स, तेश्रो खेल ढोलाहिटी भेट्रान्स र एसएन केसी भेट्रान्स र चौथो तथा अन्तिम खेल कालिका स्पोर्टिङ क्लब रुपन्देही ११ र बगर भाइखलकबीच हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->