पोखरा/कास्की जिल्ला हक्की संघले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । हक्की खेलको विकास, प्रबद्र्धन तथा खेलाडीलाई उत्साह थप्ने उदेश्यका साथ अभिमुखीकरण सम्पन्न गरेको हो । जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरुङले हक्की खेललाई मैदानको अभाव रहेकाले त्यसका निम्ति काम गर्ने बताए । उनले हरेक खेलहरुमा खेलाडीकै योगदान रहेको सुनाउँदै हक्की संघले पनि धेरै काम भएको सुनाए । ‘तपाईंहरुलाई मैदानको समस्या छ त्यो मैले बुझेको छु । हक्की खेललाई कसरी अघि बढाउन सकिन्छ हामी पहल गर्छौँ, यसमा जिल्लाको पूर्ण सहयोग रहनेछ,’ उनले भने ।
खेलाडीहरुलाई हक्की खेलको प्रशिक्षण, नियम र दशांै राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा पूर्वहक्की खेलाडी हित गुरुङले प्रशिक्षण दिएका थिए । कास्की जिल्ला हक्की संघका अध्यक्ष तथा अभिमुखीकरणका संयोजक सुजन पुनले हक्की खेलको खेलको प्रवद्र्धन र रुपान्तरणका लागि कदम चालिएको सुनाए । हक्कीले राम्रो स्थान नपाएको सुनाउँदै जिल्ला खेलकुदमा हालै नियुक्त भएका अध्यक्षलाई स्थान दिनका लागि आग्रह गरे । मैदान भए खेलाडीले अझ राम्रो गर्न सक्ने उनको भनाइ छ ।





