आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देशभरका एथलेटिकहरु पोखरामा प्रतिस्पर्धा गर्दै

देशभरका एथलेटिकहरु पोखरामा प्रतिस्पर्धा गर्दै

साउथ एसिएन गेम्सका लागि छनोट समेत हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८१, बिहिबार

पोखरा/जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा पहिलो पटक पोखरामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिता ‘पोखरा एथलेटिक्स मिट २०२५’को आयोजना गर्दैछ । राखेपले गर्ने प्रतियोगिता बाहेक एथलेटिक्सको संघले राष्ट्रिय स्तरको गतिविधि गर्नै सकेको छैन । नेपाली एथलेटिक्स इतिहासमै पहिलो पटक कास्की जिल्ला एथलेटिक्स संघले राष्ट्रिय स्तरको एथलेटिक्सहरुलाई एकै ठाउँमा भेला गराउँदै छ । यो कुनै गोष्ठी वा सभा सम्मेलन नभइ नितान्त प्रतिस्पर्धा हुनेछ ।

२०७९ सालमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि एथलेटिक्सको ठूला प्रतियोगिता भएका छैनन् त्यसमा न त एथलेटिक्सको केन्द्रिय संघले तदरुकता देखाएको छ न प्रदेश वा जिल्ला ले नै । आगामी जेठमा दर्शौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भनिएको छ । त्यो बाहेक एथलेटिक्समा अन्य गतिविधि नभएको अवस्थामा कास्की जिल्ला एथलेटिक्स संघले भने देशमै पहिलो पटक यतिठूलो प्रतियोगिताको आयोजना गर्न लागेको हो । जहाँ स्थानीयस्तरदेखी अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउने खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

संघका सचिव सिद्धान्त अधिकारीले दशौं राष्ट्रिय खेलकुद तयारी संगै खेलाडीको मनोबल उच्च बनाउनका लागि आयोजना गर्न लागिएको सुनाए । उनले प्रतियोगितामा साफ गेममा पदक जित्नेदेखी स्थानीय तहसम्मका खेलाडीको सहभागिता रहने उनको भनाइ छ । त्रिभुवन आर्मीबाट २७ जना एपिएफबाट २३ र पुलिसबाट १२ जना खेलाडीको सहभागिता रहनेछ । त्यो बाहेक सात प्रदेश, विभिन्न जिल्ला तथा स्थानीय तहबाट समेत खेलाडीको सहभागिता रहने उनले बताए ।

‘देशैभरि विकराल रहेको एथलेटिक्स संघलाई चलायमान बनाउँदे प्रतियोगिता गर्नुपर्छ र खेलाडीमा छाएको निराशालाई चिर्दै प्रतियोगिता आयोजना गर्न लागेका हौं । एथलेटिक्स भनेको बुझ्दैनन् र सोध्छन एथलेटिक्सको सहायक विधा रोड रेस देशभर सय भन्दा बढी आयोजना गरिन्छ तर, देशको नाम चिनाउने एथलेटिक्सको कुनै महत्व छैन सरकारी निकायमा हामीले बुझाउन सकेकै छैनौं । हाम्रो कम्जोरी हो या के हो कति प्रयास गर्दा समेत बुझाउन सकिरहेका छैनौं’ उनले भने ।

गण्डकी प्रदेशकै इतिहासमा यो सबैभन्दा ठूलो प्रतियोगिता रहेको उनले बताए । यो प्रतियोगितालाई साउथ एसिएन च्याम्पियनसिपको छनोटका लागि समेत यो प्रतियोगितालाई लिने मौखिक जानकारी आएको अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए । भरखरै जन्मिएर आँट गर्दै गर्दा ठूलो खेलको छनोटको रुपमा राखिनु आफैमा गौरवको कुरा रहेको उनले सुनाए । चैत्र २९ र ३० गते पोखरा आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न ट्रयाक एण्ड फिल्डतर्फ १२ विद्यामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा पुरुष र महिला दुबै इभेन्टतर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ५ हजार मिटर, ४÷१०० रिले रेस तथा फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिनतर्फका प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा बिजेताहरुले नगद ५, ३ र २ हजारका साथमा मेडल तथा ट्रफी पाउने छन् । उत्कृष्ट एक महिला तथा एक पुरूष खेलाडीलाई नगद जनही १०÷१० हजार प्रदान गरिनेछ । प्रतियोगितामा खेलाडी उत्पादन हेतु कास्की जिल्लाका विद्यालयस्तरको (१२ देखि १६ वर्ष मुनीको) १०० मिटर दौड समेत समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->