आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एथलेटिक्सको ग्रान्ड मेला आजबाट

एथलेटिक्सको ग्रान्ड मेला आजबाट


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८१, शुक्रबार

पोखरा/जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा आज एथलेटिक्सको ग्रान्ड मेलाको आयोजना हुँदैछ । पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात सबैभन्दा ठूलो प्रतियोगिताको आयोजना हुँदै छ । जहाँ अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त खेलाडीदेखी स्थानीयस्तरका नयाँ खेलाडी सम्मको प्रतिस्पर्धा हुँदै छ । यो एथलेटिक्सको इतिहासमै राष्ट्रिय खेलकुदभन्दा बाहिरको सबैभन्दा ठूलो इभेन्टको रुपमा हेरिएको छ ।

दुुई दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई भारतको राँचीमा आयोजना हुने ‘साउथ एसियन च्याम्पियनसिप’का लागिसमेत छनौट खेलका रुपमा मान्यता पाएको छ । ‘साउथ एसियन च्याम्पियनसिप’का लागि मान्यता पाएसँगै पोखरामा करिव तीन वर्षपछि हुन लागेको ‘पोखरा एथलेटिक्स मिट २०२५’ मा सहभागिता जनाउने खेलाडीहरुको संख्यासमेत ह्वात्तै बढेको कास्की एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले सुनाए । प्रतियोगितामा महिला र पुरूष तीन सय धावकहरुको सहभागिता रहेको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरूसँगै देशभरका एथलेटिक्स खेलाडीको सहभागिता रहेको अध्यक्ष गजबहादुर गुरूङले बताएका छन् । स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा देशभरका विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, लुम्बिनी, कर्णाली, कोशी प्रदेशलगायत देशभरकै निर्णायक, प्रशिक्षक, संघीय तथा प्रदेश एथलेटिक्स संघका प्रतिनिधि, प्राविधिक टिम लगायतको सहभागिता हुनेछ ।

प्रतियोगितामा विभिन्न ट्रयाक एण्ड फिल्डतर्फ १२ विद्यामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा पुरुष र महिला दुबै इभेन्टतर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ५ हजार मिटर, ४ हजार मिटर रिले रेस तथा फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिनतर्फका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा विजेताहरुले नगद ५, ३ र २ हजारका साथमा मेडल तथा ट्रफी पाउने छन् । उत्कृष्ट एक महिला तथा एक पुरूष खेलाडीलाई नगद जनही १०÷१० हजार प्रदान गरिनेछ । प्रतियोगितामा खेलाडी उत्पादन हेतु कास्की जिल्लाका विद्यालयस्तरको (१२ देखि १६ वर्ष मुनिको) १०० मिटर दौडसमेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->