आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भुजिकोट चिनाउन उकालो दौड प्रतियोगिता हुने

भुजिकोट चिनाउन उकालो दौड प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८१, शुक्रबार

पोखरा/तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लव कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे हो ।

आयोक क्लवका पूर्वअध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङका अनुसार भुजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यक्रम आयोजना गरिएको होे । प्रतियोगितामा १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुने उनले बताए ।

क्लवका अध्यक्ष अनिल खनालका अनुसार कार्यक्रममा दौडसहित गुलेली हान्ने, कुखुराको भाले समाउने र साँस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ । प्रतियोगितामा देशभरका २ सयजना धावक सहभागी गराउने तथा उत्कृष्ट २० जनालाई सम्मान गरिने उनले बताए ।

कार्यक्रमका प्रवक्ता तीर्थराज खनालले प्रतियोगितामा सहभागि भई विजेता हुने प्रथमसहित पाँचाँैसम्मका धावकलाई क्रमश, ३३ हजार तीन सय ३३, २२ हजार दुई सय २२, ११ हजार एक सय ११, पाँच हजार पाँच सय ५५ र तीन हजार तीन सय ३३ नगद सहित सम्मान गरिने छ । कोत्रे चोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरको दूरीमा प्रतियोगिता हुनेछ । क्लबले यसअघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->