आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम

पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०८२, सोमबार

पोखरा/पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् ।

यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे । महिलातर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगिताका विजेतालाई विभिन्न प्रतिष्ठानहरुले खानासहित साहसिक पर्यटकीक गतिविधिका प्याकेज पुरस्कारस्वरुप प्रदान गरे ।

पर्यटकीय क्षेत्र लेकसाइडको खहरे र अम्बोटबीचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका कूल ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिँदै प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->