आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय जुनियर टेनिसमा सेमीफाइनलका खेल सकिए

राष्ट्रिय जुनियर टेनिसमा सेमीफाइनलका खेल सकिए


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०८२, शनिबार

पोखरा/पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत शुक्रबार विभिन्न उमेर समुहमा सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्र्तगत यु–१६ गल्र्सको उपाधी अरुषी तुलाचनले जितेकी छन् । फाइनल खेलमा गृष्मा गुरुङलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै उपाधि प्राप्त गरेकी हुन् ।

१० वर्षमुनि ब्वाइज सिंगलमा कायन चालिसेलाई ७–६, ४–६ र १०–८ ले पराजित गर्दै साहान्स बस्नेत विजयी भए । १० वर्षमुनि गल्र्स सिंगलमा नायरा घलेले ताभिसी रानालाई ६–१, ६–१ ले पराजित गर्दै प्रथम भइन् ।

९ वर्षमुनिको ब्वाइज सिंगलमा कायन चालिसेले जिवास भट्टराईलाई ५–३, ४–० ले पराजित गर्दै प्रथम भए । ८ वर्षमुनि सोनाम घलेले सहर्ष कायस्थलाई १०–१, १०–० ले पराजित गर्दै प्रथम भए । ९ वर्ष मुनि गल्र्स सिंगलमा निम्ती कुँवरले साहरा कायस्थलाई ४–०, ४–० ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरिन् ।

१६ वर्षमुनिको ब्वाइज सिंगलमा दर्शिल श्रेष्ठले साँगे रोकायालाई ६–४,६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ब्वाईज डबल्समा दर्शिल श्रेष्ठ र सिर्जल भट्टराईको जोडीले सूर्यांस श्रेष्ठ र सन्दिप विकको जोडीलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । अर्को सेमिफाइनलमा स्पन्दन उदास र प्रफुल्ला श्रेष्ठको जोडीले सुरेन्द्र विक र दोजन गुरुङको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । १४ वर्ष मुनि गल्र्स सिंगलमा आर्या पौडेलले एरा खत्रीलाई ६–१, ६–४ ले तथा सारा पन्तले स्वराह थापालाई ६–१,७–६ ले पराजित गर्दै फाइनल प्रवेश गरे । सोही उमेरमा ब्वाईजतर्फ आसव हाडा र साँंगे रोकाया अन्तिम दुईमा पुगे ।

१२ वर्षमुनिको ब्वाइज सिंगलमा आर्यस राज पौडेलले वेदान्त चालिसेलाई ६–४, ६–२ ले पराजित गर्दै फाइनल प्रवेश गरे । १० वर्ष मुनिको ब्वाईज सिंगलमा सहान्स के.बस्नेतले सबिक पोखरेललाई ७–५ ,६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही उमेर समुहमा गल्र्सतर्फ नायरा घले र ताभिसी राना फाइनलमा प्रवेश गरे । नायराले निम्ती कुँवरलाई ६–१,६–१ ले तथा ताभिसीले श्रीयाश्री पाण्डेलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अन्तिम दुईमा आफ्नों नाम लेखाएका हुन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->