पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए ।
फुटसल प्रतियोगिताको विजेता इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
सात वटा टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल लगायतबाट पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगीतामा काठमाडौं, कास्की पुर्वान्चल, मकवानपुर र रुपन्देहीबाट एक एक टिम र आयोजक टिम चितवनबाट २ टीम गरी जम्मा ७ टीमको सहभागिता रहेको थियो ।





