आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलका लागि गण्डकीको छनोट हुँदै

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलका लागि गण्डकीको छनोट हुँदै


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार

पोखरा/पोखरा बागमती प्रदेशमा यही वैशाख १३ गतेदेखि हुने महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि पोखरामा गण्डकी प्रदेशको छनोट हुने भएको छ । गण्डकी प्रदेश फुटबल संघले उक्त प्रतियोगिताका लागि छनोटमा आउन महिला खेलाडीहरुलाई आह्वान समेत गरेको छ ।

गण्डकी प्रदेशको टिम तयार गर्नका लागि ९ गते पोखरा रंगशालामा १ बजे छनोट हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार गण्डकीका जिल्ला हरुलाईसमेत पत्रचार गरिसकेको छ । १३ गतेदेखि २० गतेसम्म हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा विभागीय कल्बसहित प्रदेशका टिमहरुको समेत सहभागिता रहनेछ । गुरुङका अनुसार पोखरामा लामो समयसम्म महिला फुटबल हुन सकिरहेको छैन् । यसकारण प्रदेशले महिला टिम तयार गर्नका लागि पनि यो छनोट राखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->