आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जब रेफ्री नै दर्शकप्रति खनिन थाले

जब रेफ्री नै दर्शकप्रति खनिन थाले

रेफ्री न्यायाधीश बन्न खोजेको आरोप


  • विजय नेपाली
  • बैशाख २० २०८२, शनिबार

पोखरा/ पोखरामा यतिबेला अन्तर्राष्ट्रियस्तरको आमन्त्रित भलिबल प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा दुई विदेशीसहित गण्डकी प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन नै एपिएफले असन्तुष्टि जनायो । पोखरामा भारतीय र इरानी दुई विदेशी टिमको सहभागिता छ । इरानी टिमको पहिलो खेल एपिएफ विरुद्ध थियो । भलिबलको नियम अनुसार कुनै पनि टिममा तीन जनामात्रै विदेशी खेलाडी राख्न पाउने नियम छ । प्रतियोगिता सञ्चालन गर्नका लागि नेपालका अन्तर्राष्ट्रिय रेफ्री समेत छन् । पहिलो खेलमै केही असन्तुष्टि जनाए पनि दोस्रो दिनमा रेफ्रीले नै दर्शकमाथि खनिन पुगे । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा जारी प्रतियोगितामा विदेशी टिमको खेल हुँदा अन्तर्राष्ट्रिय रेफ्रीले खेलाउनुपर्ने हो तर राष्ट्रिय स्तरका रेफ्रीले खेलाउँदा केही विवाद भएका छन् ।

शुक्रबार घरेलु टोली गण्डकी र इरानी टोलीबीचको खेलका दौरान रेफ्री प्रतिनिधि (रेफ्री डेलिगेट) अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापा दर्शकसँग विवाद गर्न पुगेका थिए । स्रोतका अनुसार उनले दर्शकलाई लड्न आइज भन्दै उनी विवादमा उत्रिएका हुन् । उसो त,प्रतियोगिता अव्यवस्थित हुँदा निर्धारित समयभन्दा करिब एक घण्टा ढिला गरी खेल सुरु हुन पुगेको थियो । सुरुमा ११ बजे खेल खेलाउने गरी खेल तालिका सार्वजानिक भएपनि पछि सच्याएर १२ः३० बजेबाट खेलाउने तालिका निर्धारण भएको थियो ।

तर, गण्डकी र इरानी टिमबीचको खेलमा १२ बजेर ४५ मिनेट जाँदा सम्म पनि टोली कोर्टमा पुगेका थिएनन् । जर्सीको कारण उक्त खेल समयमा हुन सकेको थिएन् । गण्डकी र इरानी टोलीबीचको खेलमा अचानक पहेँलो कार्ड पाएपछि गण्डकीका प्रशिक्षक रमेश केसीले रेफ्रीले अन्याय गरेको सुनाए । उनले आफ्नो अधिकार अनुसार नै गुनासो राख्दा अनावश्यक रुपमा कार्ड दिएको गुनासो पोखे । ‘आज कार्ड दिनुपर्ने स्थिति थिएन । रेफ्रीले सिठ्ठी बजाएपछि पनि इरानी टोलीको प्रहारका कारण खेलाडीले ज्यान जोगाउन पर्ने अवस्था थियो । ‘आज रेफ्रीको तर्फबाट हामीलाई असन्तुष्टि कहाँ छ भन्दा रेफ्री हो सबैकुरा देख्नुहुन्छ भन्ने छैन् । कतिपय नदेख्न पनि सक्नुहुन्छ । हाम्रो असन्तुष्टि त्यो मानेमा होइन तर अपोनियन टिमले बललाई लातिले हानेर परपर फालेको सबैले देखेकै थिए । त्यो अवस्थामा भलिबल भनेको छ हातले खेलिने खेल खुट्टाले हान्दा रेफ्रीले कार्ड वा वार्निङ दिन सक्नुभएन,’ उनल ेभने, ‘ह्विसियल बजिसकेपछि हाम्रा खेलाडीले ज्यान जोगाउनपर्ने अवस्था रह्यो ।

ह्विसियल बजेपछि बल समात्नुपर्ने अवस्था रहन्छ । त्यो बेलामा पनि कार्ड दिन सक्नु भएन । डिसिजन गलत देखाउने बेलामा हामीले अपिल गर्दा कार्ड प्रदर्शन गरियो ।’ उनले फलानो टिमलाई हराउनुपर्छ भनेर नसोच्नसमेत अनुरोध गरे । उनले रेफ्री न्यायाधीश बन्न खोजेको आरोप उनको छ । खेलाडीको अनुशासनमा रेफ्रीे कारवाही गर्ने गरे पनि रेफ्रीको गल्तिमा भने मौनता साँध्ने गरिएको बताउँछन् । पछिल्लो समय नेपाली भलिबल बढी विवादित हुँदै आइरहेको छ । नेपालमा सिस्टमको कमीका कारण समस्या आइरहेको उनी सुनाउछन् । कुनैपनि कुरामा सभ्य भएर अपिल गर्ने अधिकार हरेकसँग रहेको उनको भनाइ छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले रेफ्री र दर्शकबीचमा विवाद भए पनि त्यो साम्य भएको सुनाए । उनले दर्शकहरु खेल हेर्न आउने र उनीहरु अनावश्यक बोल्दा अफिसियललाई बाधा परेकाले विवाद भएको सुनाए । उता रेफ्री प्रतिनिधि टहलसिंह थापाले भने दर्शकले अपशब्द बोल्दा किन बोलेको भनेर प्रश्न गर्दा सामान्य विवाद भएको सुनाए । विवादका कारण भने प्रत्यक्ष प्रसारण रहेको छ । पहिलो दिन स्टेजको मुनि अर्थात् दाइनेतर्फ अफिसियललाई राखेपनि प्रत्यक्षप्रसारणमा धेरै कमेन्ट आएपछि शुक्रबार परिवर्तन गरिएको थियो । उक्त परिवर्तन पश्चात अफिसियलहरु दर्शक बस्नेतर्फ हुँदा दर्शकले आक्रोश पोख्दा विवाद भएको हो । ‘म आउनुभन्दा अघि नै सारिसकेको रहेछ । दर्शकतर्फ भएको कारणले आज सामान्य भनाभन भयो यसलाई मिलाइनेछ,’ थापाले भने । उता अध्यक्ष अर्यालले पनि अफिसियल भन्दामाथिको स्थानमा आजबाट दर्शक नराख्ने सुनाए ।
(तस्वीर M गण्डकी प्रदेश र इरानी टिमबिच खेल चलिरहँदा दर्शक र अफिसियलबिच विवाद हुँदै)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->