पोखरा/ पोखरा–२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा विविध कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयमा यस वर्ष कक्षा नर्सरी सहितका ९२ जना नवागन्तुक विद्यार्र्थीलाई प्रिन्सिपल विकल पौडेल, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल, सञ्चालक रामप्रसाद अधिकारी लगायतले स्वागत एवम् शुभकामना प्रदान गरे ।
विद्यालयमा शैक्षिक सत्र २०८२ लाई थप व्यवस्थित बनाउन जिम्मेवारी प्रदान गरिएका शैक्षिक विभाग प्रमुख विचित्र न्यौपाने, अतिरिक्त क्रियाकलाप संयोजक आस्तिक पौडेल, सह संयोजक लक्ष्मी गुरुङ्घ,परीक्षा संयोजक सन्दिप ढुंगाना,प्राथमिक तह प्रमुख हेमा पुन, पूर्व प्राथमिक तह प्रमुख कविता बराललाई समेत स्वागत सम्मान गरिएको थियो ।
शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउने उदेश्यले विहिवार नै कक्षा ३ देखि माथिका कक्षाका विद्यार्र्थीलाई विभिन्न ४ सदनमा विभाजन गरिएको छ । विद्यार्र्थीहरुको भेलाले युवा रेडक्रस सर्कल पुनर्गठन समेत गरेको छ ।





