पोखरा/विश्वव्यापी मोबिलिटी र सहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ ।
समुदाय–संचालित यो पहलअन्तर्गत, इनड्राइभले मे महिनाभरि नेपालभर संचालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गर्नेछ।यस पहलमार्फत बास्केटबल, ब्याडमिन्टन, र फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू प्रदान गरिनेछ, जसले विद्यार्थीहरूको शारीरिक विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न मद्दत गर्ने कम्पनीले बतातएको छ ।
यो अभियान स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पु¥याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रित रहेको छ ।
इनड्राइभकी एपीएसी कम्युनिकेसन लीड पावित नन्द आनन्दले ‘राइड टु सपोर्ट’ जस्ता उद्देश्य–केन्द्रित पहलहरूले समुदायलाई सकारात्मक रूपमा परिचालन गर्न सहयोग पु¥याउने बताइन् ।
इनड्राइभले सबै प्रयोगकर्तालाई ‘राइड टु सपोर्ट‘ अभियानमा सहभागी भई समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह पनि गरेको छ ।





