बागलुङ/दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा आयोजक आदर्श विद्यामन्दिर (एभीएम) निलो, न्यु एभरेष्ट एकेडेमी र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले विजयी शुरुवात गरेका छन् । शुक्रबार सम्पन्न खेलमा एभीएम निलोले न्यु ओयसिस एकेडेमी, न्यु एभरेष्टले रुद्रेपिपल मावि र चिल्ड्रेनले अमर आदर्शलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
एभिएमले न्यु ओयसिसलाई ३–२ गोलले पराजित गर्दा एभीएम सुझाव बानियाँले दुई र अभिषेक रोकाले एक गोलको योगदान गरे । निकै प्रतिष्पर्धात्मक खेलमा न्यु समुद्र पौडेल र सनम सेट्टीले एक÷एक गोल गरेपनि ओयसिसले हार टार्न सकेन । न्यु एभरेष्टले रुद्रेपिपल माविलाई २-० गोलले पराजित गर्दा वीरेन्द्र मल्ल र अफ्रोज अलिले एक÷एक गोल गरे । एभरेष्टले आइतबार हुने खेलमा गरिमा आवासिय मावि र एभीएम ‘निलो’ले शनिबार सिद्वार्थ शिक्षा सदन र न्यु एभरेष्ट ‘ए’ बीच हुने खेलको विजयी टोलीसंग प्रतिपष्र्धा गर्ने छ ।
शुक्रबारै भएको तेस्रो खेलमा बलियो टोली अमर आदर्शलाई ०-२ गोलले पराजित ग¥यो । चिल्ड्रेनको जितमा निशान बुढा र प्रतिक थापा नायक बने । चिल्ड्रेनले आइतबार हुने एभिएम ‘सेतो’ र प्रिसियसबीचको विजयी टोलीसंग खेल्ने आयोजक विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए । शनिबार सनराइजविरुद्व विद्यामन्दिर मावि, सिद्वार्थ शिक्षा सदनविरुद्व न्यु एभरेष्ट ‘ए’, गुराँस विद्या सदनविरुद्व होलिचाइण्ड र एभिएम सेतोविरुद्व प्रिसियस मैदानमा उत्रने छन् ।
यस्तै, शुक्रबार सम्पन्न छात्रातर्फको खेलमा फ्युचरलाई पराजित गर्दै रुद्रेपिपल मावि सेमीफाइनलमा प्रवेश गरेको रद्रेपिपलले सोमबार फाइनल यात्राका लागि ओयसिसको सामना गर्ने छ भने आयोजक एभिएमले विद्यामन्दिर माविलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । छात्राको फाइनल खेल जेठ २० गते हुने छ ।
प्रतियोगितामा छात्रतर्फको विजेता टोलीले नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै, छात्रा तर्फको विजेता टोलीले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद १५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने सह–आयोजक समेत रहेको आदर्श विद्यामन्दिर माविका प्रिन्सिपल भूपेन्द्र केसीले जानकारा दिए ।





