आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आदर्श कप फुटबलमा पहिलो चरणका खेल सकिए

आदर्श कप फुटबलमा पहिलो चरणका खेल सकिए

प्रतियोगिताको तेस्रो दिन न्यु एभरेष्ट, प्रिसियस, सनराइज र गुराँस विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८२, शनिबार

बागलुङ/बाङेचौर खेलमा जारी दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगिताको तेस्रो दिन सम्पन्न खेलमा न्यु एभरेष्ट एकेडेमी ‘ए’, प्रिसियस एकेडेमी, सनराइज बोर्डिङ स्कुल र गुराँस विद्या सदन विजयी भएका छन् ।

न्यु एभरेष्टले सिद्वार्थ शिक्षा सदनलाई ट्राइबेकरमा निराश बनाउँदै ३–२, प्रिसियले आयोजक आदर्श विद्यामन्दिर ‘सेतो’लाई १–०, सनराइजले विद्यामन्दिर माविलाई १–० र गुराँसले होली चाइल्ड बोर्डिङ स्कुललाई ७–० गोलले पराजित गरेको हो । शनिबार खेल जितेका यि चारै टोली क्वाटरफाइलमा प्रवेश गरेका छन् ।

न्यु एभरेष्टको जितमा पेनाल्टी सुटआउटमा सुसन बोहरा, सक्षम बोहरा र नवीन काफ्लले गोल गर्दा निकेश श्रेष्ठको प्रहार सिद्वार्थका गोलरक्षकले बचाउ गरे । सिद्वार्थका सचिन खत्री, एलेक्स थापा र प्रविन थापा गोल गर्न चुक्दा अमृत कार्की र रिजनले मात्र गोल गर्न सफल भए । सिद्वार्थलाई पराजित गरेको न्यु एभरेष्टले आइतबार हुने खेलमा आयोजक आदर्श विद्यामन्दिर ‘निलो’को सामना गर्ने छ ।

यस्तै, आदर्श विद्यामन्दिर ‘सेतो’लाई पराजित गर्दा प्रिसियसका प्रसिद्व रिजाल र विद्यामन्दिरलाई पराजित गर्न सनराइजका निर्मल केसीले निर्णायक गोल गर्नुभयो । रिजालले खेल शुरु भएको दुई मिनेटमै गोल गर्नुभयो भने सनराइजको जितमा केसीले खेलको २५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

शनिबार भएको चौथो खेलमा गुराँस विद्या सदन होली चाइल्ड बोर्डिङमाथि हाबी बन्दै गोलको वर्षा गर्यो । एकतर्फी खेलमा गुराँसका निरभ खड्का र सिर्जन शर्माले ह्याट्रिक गर्दा आशिष तामाङले एक गोलको योगदान गरे ।

प्रतियोगिताको चौथो दिन आइतबार सेमीफाइनल प्रवेशका लागि गरिमाले न्यु एभरेष्ट ‘बि’, आदर्श विद्यामन्दिर ‘निलो’ले न्यु एभरेष्ट ‘ए’, चिल्ड्रेन लाइफले प्रिसियस र गुराँसले सनराइजको सामना गर्ने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए । प्रतियोगिताको छात्रातर्फ भने फाइनल प्रवेशका लागि सोमबार हुने खेलमा न्यु ओयसिसले रुद्रेपिपल मावि र आयोजक आदर्श विद्यामन्दिरले चिल्ड्रेन लाइफसंग प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगितामा छात्रतर्फको विजेता टोलीले नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै, छात्रा तर्फको विजेता टोलीले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद १५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->