आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आदर्श कप फुटबल : आयोजकका दुवै टोली फाइनलमा

आदर्श कप फुटबल : आयोजकका दुवै टोली फाइनलमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८२, सोमबार

बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा छात्रछात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोपर्टस् क्लबका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पाँचौ दिन सोमबार सम्पन्न सेमीफाइनल खेलमा छात्रतर्फ गुराँस विद्या सदनलाई आदर्श विद्यामन्दिर ‘निलो’ले ०–१ गोलले पराजित गर्दे फाइल यात्रा पक्का गरेको हो । खेलको १९ औं मिनेट डि–बक्स नजिकै पाएको फ्रि–किकलाई सदुपयोग गर्दै आर्कषक गोलमा परिणत गरेका थिए । एक गोलले पछि परेपछि गुराँसका खेलाडिले खेलमा फर्कने प्रयास गरेपनि आदर्शको रक्षापंक्तिले बिफल पारे ।

प्रतियोगितामा छात्रतर्फको दोस्रो सेमीफाइल खेलमा गरिमा आवासिय माविलाई ०–१ गोलले पराजित गर्दै चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ । चिल्ड्रेनको जितमा दोस्रो हाफको १४ औं मिनेटमा निशान बुढाले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । गरिमा आवासिय माविले गोल गर्ने राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

यस्तै, छात्रातर्फको फाइनलमा आयोजक आदर्श विद्यामन्दि र न्यु ओयसिस एकेडमी भीड्ने भएका छन् । आदर्शले चिल्ड्रेन लाइफलाई ०–१ गोलले पराजित गर्दा न्यु ओयसिसले रुद्रपिपल माविलाई ट्राइबेकरमा ३–४ गोलले निराश बनाउँदै फाइनल पुगेको हो । आदर्शको जितमा जियाना दिनले निर्णायक गोल गरे ।

न्यु ओयसिसको जितमा आयुषा आले, सुआरिका श्रेष्ठ, प्राप्ती अर्याल, स्मृति खड्काले गोल गर्दा ममता क्षेत्री, वर्षा कार्की र सपना भण्डारी गोल गर्न चुके । यस्तै, पेनाल्टीमा रुद्रपिपलका आहाना गौतम, कुसुम घर्ति र वर्षा लुंगाली मगरले गोल गर्दा अलिषा थापा, अस्मिता सुनुवार, रोसाा विक र चाहत बोहरा गोल गर्न असफल भए ।

प्रतियोगितामा छात्रतर्फको विजेता टोलीले नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए । छात्रा तर्फको विजेता टोलीले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद १५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->