पोखरा/पोखरा इन्जिनियरिङ कलेजमा लागत अनुमान तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई भवन निर्माणसम्बन्धी परियोजनाको लागत अनुमान गर्ने सीप प्रदान गर्न तालिम आयोजना गरिएको कजेलका प्रिन्सिपल इ.सोम गुरुङले जानकारी दिए ।
तालिममा ४० जना विद्यार्थीको सहभागिता थियो भने ग्रामीण विकास तथा भवन निर्माण कार्यालयका इ. कृष्ण घिमिरे प्रशिक्षक रहेका थिए । कलेजको अनुसन्धान विभागका संयोजक इ.कृष्ण घिमिरेले सिभिल इन्जिनियरिङ विभागका विद्यार्थीको लागि दिइएको तालिम फलदायी रहेको बताए ।





