मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बेपत्ता पुरुष मृत फेला, खोजीमा गएकाको पनि लडेर मृत्यु

बेपत्ता पुरुष मृत फेला, खोजीमा गएकाको पनि लडेर मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८२, बिहिबार

गोरखा / गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिका-६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय उनी सोही स्थान नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ । बिजुलीको बिल तिर्न भनेर गत सोमबार घरबाट निस्केका लामा सोही दिनदेखि सम्पर्कविहीन थिए । बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोबाट अन्दाजी १ सय ५० मिटर तल बुट्यानमा उनको शव फेला परेको स्थानीयको भनाइ उदृत गर्दै गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

शव फेला परेसँगै आफन्तलाई खबर गर्न जाने क्रममा लडेर स्थानीय हिसे दोर्जेको पनि मृत्यु भएको छ। ‘लामाको खोजी कार्यमा उनी पनि संलग्न थिए,’ उनले भने, ‘शव भेटेपछि आफन्तलाई खबर गर्न जाने क्रममा भिरबाट लडेर उनको पनि घटनास्थलमै ज्यान गएछ ।’ घटनास्थल पुग्न गोरखा सदरमुकामबाट करिब दुई दिन लाग्छ ।
उनका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ । थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक सरोज कार्कीको टोली घटनास्थलतर्फ खटिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->