आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङको नाम्दुकमा जीप दुर्घटना हुँदा ७ जना घाइते

बागलुङको नाम्दुकमा जीप दुर्घटना हुँदा ७ जना घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८२, बिहिबार

बागलुङ/सदरमुकाम बागलुङ बजारदेखि दक्षिण भेगको बरेङ गाउँपालिका जाँदै गरेको जीप बिहिबार साँझ ७ बजे जैमिनी नगरपालिका वडा नं. १० राङखानीको नाम्दुकमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

दुर्घटनामा परी जीप चालक बरेङ गाउँपालिका वडा नं. १ का २० वर्षिय रवि थापा, सोही ठाउँका २१ वर्षिय सुस्मिता परियार, १९ वर्षिय विक्की परियार, ४० वर्षिय सेती परियार, ४० वर्षिय सुनिता परियार, १८ वर्षिय मोहन परियार र भरतपुर महानगरपालिका वडा नं. २६ का ५४ वर्षिय ज्योति मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डेले जानकारी दिए । शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको अवस्था सामान्य रहेको प्रनाउ पाण्डेले बताए ।

ग १ ज ७४८० नम्बरको जीप घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको प्रनानि पाण्डेले बताउनुभयो । घाइतेहरुको उद्वार गरी उपचारको लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाईएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बरेंङका प्रहरी निरीक्षक चन्द्रप्रसाद भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयबासीले घाइतेहरुको उद्वार गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->