पोखरा/पोखरा २६ को लोक साँस्कृतिक संरक्षण समितिले २४ औं पटक तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
स्थानीय उज्ज्वल आमा समूह र शिद्धेश्वर महादेव मन्दिर संरक्षण समितिको सहकार्यमा संचालन भएको प्रतियोगितामा नेपालको वर्तमान राजनितीक गतिविधि र युवाहरु विदेशिनु पर्ने बाध्यात्मक अवस्थाका बारेमा गीतहरु प्रस्तुत गरिएको थियो ।
सक्नेरी शिव मन्दिर परिसरमा भएको प्रतियोगितामा आर्दश दिदीबहिनी समूह पोखरा ३० ले पहिलो स्थान हासिल गरेको थियो भने रामज्योति माविको विद्यार्थीको समूह दोस्रो र शिद्धेश्वर योग ध्यान केन्द्र पोखरा २६ ले तेस्रो स्थापना प्राप्त गरे । अधिकारी दिदीबहिनीको समूह र रिठेपानी दिदीबहिनीको समूहले सान्त्वना पुरस्कार पाए ।
प्रतियोगितामा १० टीमले सहभागिता जनाएका थिए । प्रतियोगितामा पहिलो हुनेले १०, दोस्रोले ७, तेसंोले ५ र सान्त्वनालाई ३÷३ हजार नगद पुरस्कार दिइएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले तीज पर्व नारीहरुका लागि दुःख सुखका कुरा गर्ने पर्व भएको बताए ।
उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई,लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी र निर्णायक मण्डलका संयोजक नवराज अधिकारीलगायतले तीज पर्वका बारेमा जानकारी गराएका थिए ।
उज्ज्वल आमा समुहकी सचिव तारा शर्मा ढकाल र लोक सास्कृतीक संरक्षण समितिका सचिव कृष्ण अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेनाले गरेका थिए ।





