आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालयका फर्निचर र कागजात जलाइयो

बागलुङमा एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालयका फर्निचर र कागजात जलाइयो


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

बागलुङ / जेनजी आन्दोलनकारीले बागलुङका क्रियाशिल तीन वटा पार्टीका कार्यालयहरु तोडफोड गरी कागजातमा आगजानी गरेका छन् । प्रदर्शनकारीले मंगलबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरी त्यहाँ भएका कागजात र फर्निचर सडकमा ल्याएर जलाएका हुन् ।

एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएपछि माओवादी केन्द्रको पार्टी कार्यालयको फर्निचर र कागजात सडकमा निकालेर जलाएका छन् । त्यसलगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागजात र फर्निचर सडकमा ल्याएर जलाएका छन । सुरुमा पार्टी कार्यालयको वोर्ड मात्रै तोडफोड गरेका प्रदर्शनकारीले साँझ परेपछि भने कार्यालय नै तोडफोड गरेर आगजानी गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->