सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

महानगर आगजनीमा कार्यकर्ता र व्यवसायी संलग्न : मेयर आचार्य

महानगर आगजनीमा कार्यकर्ता र व्यवसायी संलग्न : मेयर आचार्य

निरन्तर रुपमा सेवाहरु प्रदान गर्ने र क्रमशः लयमा फर्काउने गरि महानगर अघि बढेको छ


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८२, बिहिबार

पोखरा/पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको मुख्य प्रशासकीय भवन जलाउनेमा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता र केही व्यवसायीको संलग्नता रहेको दावी गरेका छन् । जेन जी को प्रदर्शनका क्रममा जलेको पोखरा महानगरपालिकाको कार्यालयको बुधवार निरीक्षण गर्दै आचार्यले जेन जी पुस्ताले नभइ कार्यकर्ता, व्यवसाय र आफुले आफुलाई समाजसेवी भन्नेहरुले नै महानगरपालिका ध्वस्त बनाएको बताएका हुन् ।

महानगरपालिका जलाउनेको बारेमा पहिचान खुलिसकेको र उनीहरुलाई कानूनी दायरामा ल्याउने उनले बताए । ‘सिसिटिभी क्यामेरा, लाइभ, फोटो हेर्दा आन्दोलनकारी जेन पुस्ताले नभइ विभिन्न राजनीतिक दलमा संलग्न भएको, विभिन्न पेशा व्यवसायमा संलग्न रहेको देखिन्छ । एक ढंगले आफुलाई समाजसेवी हुँ भन्ने व्यक्तिहरुले ध्वस्त बनाएको देखिन्छ’ उनले भने, ‘यहाँबाट सबै सेवा दिन नसक्ने भएपछि अन्यत्र रहेका शाखाहरुबाट सेवा सुरु हुन्छ ।’

उनले महानगरका एक लाखभन्दा बढि नक्साहरू जलेर नष्ट भएको जनाए । उनका अनुसार सहकारी शाखाबाट आगो लगाउन सुरु गरि लेखा शाखा हुँदै सम्पूर्ण शाखाहरु सिध्याइएको छ । आगजनीबाट महानगरका विभिन्न महत्वपूर्ण कागजातसहित तीन दर्जन मोटरसाइकल र एक दर्जन गाडीहरु ध्वस्त पारिएको उनले बताए ।

महानगरपालिका संगै विभिन्न २६ वटा वडा पूर्ण रुपमा क्षति भएको छ । हाललाई बाँकी रहेको वडाहरुबाट सेवा सुचारु भइसकेको उनले बताए । महानगरले दमकल र नगर प्रहरीका लागि बनाएको नयाँ भवनबाट केही सेवाहरु प्रदान गर्ने सुनाए । आजबाट निरन्तर रुपमा सेवाहरु प्रदान गर्ने र क्रमशः लयमा फर्काउने बताउँदै यो आतंक र लुटपाटमा संलग्नलाई कारवाही गर्न माग गरे । आन्दोलनकारीले मेयर आचार्यको घर समेत लुटपाट गर्दै तोडफोडसंगै सामानहरु सडकमा ल्याइ आगजानी गरेका थिए ।

पोखरा ध्वस्त गर्न आन्दोलनकारी महानगरपालिकाबाट सुरु गरेका थिए । जेन पुस्ताले भदौ २४ गते विहान पोखरा सभागृह अघि शान्तिपूर्ण धर्नासहित विरोध गरेका थिए । आन्दोलनकारीको संख्या बढ्दै जान थालेपछि उनीहरु महानगरपालिकातर्फ हानिएका थिए । जेनीको आन्दोलन महानगर पुगेर विरोध गरेपनि उनीहरुले कुनै क्षति गरेका थिएनन् । तर, चिप्लेढुंगा तर्फबाट आएको आन्दोलनकारीको एक हुलले एकाएक महानगरमा ढुंगा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बन्दा आन्दोलनकारीले आगजानी गरेका थिए । त्यहीबाट अन्यत्र समेत आगजानी गरिएको हो ।

कहाँबाट के सेवा दिनेछ महानगरले
शान्तिवनस्थित दमकल मार्ग : यातायात व्यवस्था कार्यालयसंग जोडिएको दमकल मार्गमा रहेको महानगरको नयाँ भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष रहने छ । यस्तै लेखा समिति, कानुन, सरसफाइ, सूचना प्रविधि र दमकल सेवा रहनेछ ।
पोखरा सभागृह : सभागृहमा प्रशासन महाशाखा, भण्डार, तथ्यांक, विपद, उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा, नगर प्रहरी को कार्यालय रहनेछ भने त्यहि रहेको व्यवसाय प्रवद्र्धन केन्द्रमा राजश्व र शहरी विकास महाशाखा रहनेछ ।
शिक्षा महाशाखा : उक्त शाखामा आर्थिक प्रशासन र कोष प्रशासन शाखा रहनेछ ।
सामाजिक विकास स्वास्थ्य महाशाखा : सिर्जना चोकस्थित उक्त शाखामा सोही शाखा र साविक लेखनाथ नगरपालिकाको भवनमा यथावत रहनेछ ।
पूर्वाधार विकास महाशाखा : उक्त शाखामा सोही शाखासँगै योजना, आलेप, भूमी प्रशासन र खरिद शाखा रहनेछ ।
आर्थिक विकास महाशाखा : सो शाखामा सहकारी, श्रम तथा रोजगारी, सामी र व्यवसाय प्रवद्र्धन केन्द्र रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->