सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

सुशीला कार्की नेतृत्वको सरकारलाई भारतको बलियो समर्थन

सुशीला कार्की नेतृत्वको सरकारलाई भारतको बलियो समर्थन


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८२, बिहिबार

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार बिहान टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

फोन वार्तापछि मोदीले सामाजिक सञ्जालमा सार्वजनिक गरेअनुसार अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग उनको संवाद आत्मीय भएको छ। मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदन पनि प्रकट गरेको आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका थिए। मोदीले कार्की प्रधानमन्त्री भएको भोलिपल्ट शनिबार मणिपुरमा आयोजित सार्वजनिक समारोहमा नेपालमा बनेको नयाँ सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५ औँ जन्मदिनमा शुभकामना पनि दिएकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->