सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

राष्ट्रपतिले यसरी सुनाए नागरिक अगुवासंग आफू सहिद हुन तयार भएको कुरा

राष्ट्रपतिले यसरी सुनाए नागरिक अगुवासंग आफू सहिद हुन तयार भएको कुरा


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८२, बिहिबार

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन विषयमा आफू सहिद हुन तयार भएको बताएका छन् । बिहीबार नागरिक अगुवाहरूसँग कुराकानी गर्दै संविधानबाहिरबाट प्रधानमन्त्री बनाउँदा सबैले आफ्नो हठ नत्याग्ने हो भने आफू पनि सहिदको कोटीमा पर्न तयार रहेको जनाएका थिए ।

‘परिस्थितिको मूल्यांकन गरेर सबैले आफ्नो विषय राख्ने हो, संविधानसम्मत कुरा गरौँ, पहिला संविधान जोगाउने प्रधानमन्त्री बनाउने अनि संसद् विघटन गर्ने हो, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा मेरो विमती छैन, तर संसद् विघटन प्रधानमन्त्रीले गर्ने हो भन्ने कुरा सम्झनु पर्छ’, राष्ट्रपतिको भनाई उद्धृत गर्दै कुन्दन अर्यालले भने । चीनका लागि पूर्वराजदूत महेश मास्के, मानव अधिकारवादी मल्ल के सुन्दरसहित अधिवक्ता टिकाराम भट्टराई,कुन्द दीक्षित निर्मला शर्मा लगायतका नागरिक अगुवा राष्ट्रपति पौडेललाई भेट्न बिहीबार शीतल निवास पुगेको बेला उनले सो धारणा राखेका थिए ।

नागरिक अगुवा अर्यालका अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउने क्रममा माओवादीका अध्यक्ष राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरेको बताएका थिए । राष्ट्रपति त्यसबेला पुष्पकमल दाहाल, वर्षमान पुन, कांग्रेस नेता बद्री पाण्डे लगायतको नाम नै लिएको पनि अर्यालले बताए ।

राष्ट्रपति पौडेल भदौ २७ गते अन्तरिम सरकार गठन गर्नुअघि प्रतिनिधि सभा विघटन गर्न सहमत भएका थिएनन् । उनले प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको सिफारिसमा मात्र प्रतिनिधि सभा विघटन गरेका थिए । जबकि आन्दोलनकारीहरूले प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनको माग अघि सारिरहेका बेला सबैले आफ्नो हठ त्याग्नु पर्ने बताएका थिए ।

भेटमा नागरिक अगुवाहरूले ‘संविधानको थप क्षति नहोस् भन्नेमा’ राष्ट्रपति सचेत बन्नुपर्ने भन्दै सचेत पत्र पढेर सुनाएका थिए । उनीहरूले ‘राजनीतिक दलको भूमिका खुम्च्याउने र प्रतिशोध साँध्ने काम नहोस्’ भन्दै राष्ट्रपतिलाई सुझाव दिएका थिए। राष्ट्रपतिले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार धारा ६१ अनुसार गठन गरेका थिए । राष्ट्रपतिसँग भेटेर आएका नागरिक अगुवा अर्यालका अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नु अघि निवर्तमान प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->