सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

एमाले नेता अधिकारीद्वारा क्षतिग्रस्त पार्टी कार्यालयहरुको निरीक्षण

एमाले नेता अधिकारीद्वारा क्षतिग्रस्त पार्टी कार्यालयहरुको निरीक्षण


  • ढाेरपाटन संवाददाता
  • असोज ४ २०८२, शनिबार

पोखरा / नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जेन जीको आन्दोलनका क्रममा क्षतीग्रस्त विभिन्न जिल्ला पार्टी कार्यालयहरुको शनिवार निरीक्षण गरेका छन् ।

एमाले पर्वत, बागलुङ र म्याग्दी पार्टी कार्यालयहरुको उनले निरीक्षण गरेका हुन् । यसैगरी एमाले नेता पदम गिरीको पर्वत सदरमुकाम कुश्माबजारस्थित निजी घरको पनि अधिकारीले निरीक्षण गरे । जेन जी को प्रदर्शनका क्रममा भदौ २४ मा पार्टी कार्यालय र गिरीको घरमा तोडफोड र आगजनी गरिएको थियो ।

निरीक्षणका क्रममा नेता अधिकरीले यस्ता घटनाबाट नआत्तिइकन पार्टीलाई अझै माथि पुराउनु पर्ने बताए । ‘जेन जी को आन्दोलन सुशासन र भ्रष्टाचारविरुद्ध थियो’, उनले भने, ‘तर घुसपैठ भएर यो ध्वंस गरियो । यसको बिरोध गर्दै हामी अघि बढ्नु पर्छ ।’ उनले सहानुभूती प्रकट गर्दै आफुहरु सधै साथमा रहेको बताएका थिए ।  अधिकारीका साथ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापालगायत नेता कार्यकर्ता थिए ।

अधिकारीलाई एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, बागलुङ एमाले अध्यक्ष हीराबहादुर केसी, म्याग्दी एमाले अध्यक्ष बालकृष्ण सुवेदी र निवर्तमान सांसद पदम गिरीले क्षतिको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->