सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो


  • ढाेरपाटन संवाददाता
  • असोज ५ २०८२, आइतबार

पोखरा/ नारायणगढ–मुग्लिन सडक ४८ घन्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सडकको तुइन खोलानेर खसेको पहिरोले गत शुक्रबारदेखि नै यातायात ठप्प थियो ।

नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो । आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाए पनि माथि भीरबाट ढुङ्गा तथा माटो खस्ने क्रम रोकिएको छैन । यसले जोखिम टरी नसकेको उनले बताए । ‘अहिलेलाई सडक एकतर्फी खुल्यो, सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर बाटो सुचारु गर्न अहरात्र खटेका छौं,’ उनले भने ।

राजमार्ग बन्द हुँदा साढे ११ हजार सवारी साधन र तीनमा रहेका हजारौ यात्रु शुक्रबार साँझदेखि सडकमै अलपत्र परेका थिए । काठमाडौं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडौंपोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->