सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

ली–बर्डको ३१ औं साधारण सभा

ली–बर्डको ३१ औं साधारण सभा


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८२, सोमबार

पोखरा/जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) को ३१ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।

कार्यकारी निर्देशक शभरत भण्डारीले ली–बर्डको संस्थागत अवस्था,उल्लेखनीय पहल र उपलब्धीहरूबारे जानकारी दिए ।

कार्यक्रममा सामाजीक लेखा परिक्षक प्रसीद्ध नेउपानेले सिन्धुली, सिन्धुपाल्चोक र कास्कीमा ली–बर्डद्धारा संचालित कार्यक्रममा फिल्ड अन्तक्रियाको आधारमा प्राप्त नतिजा समेतको समग्र सामाजिक परीक्षणको जानकारी गराइएको थियो ।

सामाजिक लेखा परिक्षणको सवालमा आएका जिज्ञासाहरु कार्यकारी निर्देशक भरत भण्डारी तथा कार्यकारीणी वोर्डका अध्यक्ष डा. प्रतापकुमार श्रेष्ठले जवाफ दिएका थिए ।

सभाले कोषाध्यक्ष रामकली खड्काबाट प्रस्तुत २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको थियो ।

बोर्डका सचिब बेनी बहादुर बस्नेतले कार्यकारिणी बोर्डको वार्षिक प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी गराए ।

संस्थाले संस्थागत कोषको वृद्धिको लागि थालेका पहल जस्तै भुवन रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको कृषि जैविक विविधता कोष, स्थानीय अन्वेषण कोषबारेमा डा. प्रतापकुमार श्रेष्ठले सदस्यहरुलाई अवगत गराए ।

कार्यकारिणी बोर्डका अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले सबै सहभागी सदस्य, कर्मचारी साथै संस्थाका साझेदार, दातृ निकायलाई धन्यवाद दिँदै सभा समापन गर्नुभएको सो कार्यक्रममा बोर्डका सचिब बेनी बहादुर बस्नेतले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थापक सदस्यहरू, साधारण सदस्यहरु, कार्यकारीणी वोर्ड र कार्यसमितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->