आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घटस्थापनासँगै कालीका मन्दिरमा विशेष पुजा शुरु

घटस्थापनासँगै कालीका मन्दिरमा विशेष पुजा शुरु

कालीका भगवतीको पुजा र दर्शन गर्दा आँटेताकेको पुग्ने, शक्ती प्राप्तहुने विश्वास छ । दशैको अवसरमा मन्दिरमा विशेष पुजा गरिन्छ । मनोकांक्षा पुरा गर्न भक्तजनले पञ्चबली दिने गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८२, सोमबार

बागलुङ/प्रसिद्व बागलुङ कालीका भगवती मन्दिरमा घटस्थापना गरिएको छ । बडादशैको पहिलो दिन कालीका मन्दिरमा घटस्थापना गरेपछि दशैको विधिवत शुरुवात भएको छ ।

देशभर पनि घटस्थापना गरी जमरा राखेर दशैको विधिवत शुरु गरिन्छ । सोमबार बागलुङ कालीका मन्दिरमा सयौं भक्तजन आएर पूजा गरेका छन् । बागलुङ कालीका गुठी व्यवस्थापन समितिले भक्तजनलाई सहज पुजा गर्ने वातावरण मिलाएको छ ।

पुजाका लागि छोटो लाइन बस्ने व्यवस्था, बलीलाई व्यवस्थित बनाउने, सहायता कक्ष, सूचना बोर्ड र प्रसाद बितरणको पनि व्यवस्थापन गराएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । आइतबार मुक्तिनाथ पुगेर श्राद्द गरेका भक्तजन पनि फर्केर सोमबार कालीका मन्दिर आएका छन् । मुस्ताङ भ्रमणमा निस्केकाहरुले पनि कालीकाको दर्शन गरेका छन् ।

असोज लागेपछि मुक्तिनाथसहित देशका विभिन्न स्थानमा घुम्न निस्कने क्रम पनि शुरु भएको छ । यो क्रममा कालीका मन्दिरमा पनि धेरै भक्तजनहरु आउने गरेका छन् । दशैको बिदा शुरु भएकोले राजधानी लगायतका सहरमा बसेका युवा तथा बिद्यार्थी फर्कने क्रम छ ।

कतिपय संस्थाहरु सोमबारदेखि बन्द भएकोले फर्कने लहर चलेको हो । कालीका मन्दिर दर्शन गरेर मात्र गाउँ फर्कनेहरु पनि आउने क्रम शुरु भएको हो । कालीका भगवतीको पुजा र दर्शन गर्दा आँटेताकेको पुग्ने, शक्ती प्राप्तहुने विश्वास छ । दशैको अवसरमा मन्दिरमा विशेष पुजा गरिन्छ । साथै, मनोकांक्षा पुरा गर्न भक्तजनले पञ्चबली दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->